
काठमाडौँ । भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विवादका कारण स्थगित भएको मतगणना पुनः शुरु गर्नुपर्ने माग गर्दै नेकपा एमालेको भातृसंगठन अनेरास्ववियु र युवा संघनेपालले आज साँझ राजधानीमा मसाल जुलुस निकालेको छ ।
फोटो रतन चन्द (लाइटनेपाल)
प्रदर्शनी मार्गबाट अनेरास्ववियु र युवा संघको संयुक्त मसाल जुलुस निकालिएको थियो । भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गर्दै जुलुस निकालिएको हो ।
मसाल जुलुसमा अनेरास्ववियु र युवा संघका कार्यकर्ताले टिनको जस्तामा मत पत्र बनाई
प्रदर्शन गरेका थिए । कागजको मतपत्र असुरक्षित रहेको भन्दै फलामे जस्तामा मतपत्र बनाएर बिरोध जुलुस निकालेका हुन् । फोटो रतन चन्द (लाइटनेपाल) फोटो रतन चन्द (लाइटनेपाल)
प्रदर्शन गरेका थिए । कागजको मतपत्र असुरक्षित रहेको भन्दै फलामे जस्तामा मतपत्र बनाएर बिरोध जुलुस निकालेका हुन् । फोटो रतन चन्द (लाइटनेपाल) फोटो रतन चन्द (लाइटनेपाल)