१८ जेठ । भरतपुर महानगरपालिका मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको पाइएको भन्दै अहिले काँग्रेस माओवादीले पुनः मतदान गर्नुपर्ने जिकिर गरिरहेका बेला एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले भने त्यसको अस्वीकार गरेका छन् । उनले ९० मतलाई वदर मान्न सकिने तर पुनः मतगणना गर्न नसकिने पनि जिकिर गरे ।
पहिलो न्युज डटकमसँग कुराकानी गर्दै ज्ञवालीले संक्षिप्तमा भरतपुर घटनाको बेलिविस्तार यसरी लगाए । उनले के भने ? उनकै शब्दमाः
एउटा कुनै व्यक्तिले हार्ने निश्चित भएपछि योजनावद्ध रुपमा मतपत्र च्यातेर अपराध कर्म गर्छ भने त्यस्ता अपराधीलाई निर्वाचन आयोगले छुट दिनुहुँदैन । भरतपुर महानगरपालिकामा काँग्रेस– माओवादीका तर्फबाट उम्मेदवार बनेकी रेणु दाहालले हार्ने निश्चित भएपछि उहाँकै कार्यकर्ताले योजनाबद्ध ढंगले बालुवाटारकै आदेशमा मतपत्र च्यात्ने अपराधिक काम गरेका हुन् । त्यस्ता अपराधीलाई निर्वाचन आयोगले चौतारी हाल्ने काम गर्नुहुँदैन ।
मेरो प्रष्ट मान्यता पनि यही हो । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा मलाई जुन ढंगले सिमित पार्ने सोच माओवादीको थियो । त्यो नभए पछि र हार्ने निश्चित भए पछि अपराधिक कर्मलाई प्रोत्साहन दिएर मतपत्र च्यात्ने काम भएको हो । यो मैले मात्र होइन भरतपुरवासी सबैले देखेको र बुझेको कुरा हो ।
त्यसैले यस्तो अपराध कर्म गर्नेलाई छुट दिनुहुँदैन । यसरी यस्तो अपराध कर्म गर्नेलाई छुट दिएर निर्वाचन आयोगले निर्वाचनमा जाने भन्छ भने अब दोस्रो चरणमा हुने निर्वाचन कुनै पनि स्थानमा सफल हुँदैन । त्यसैले भरतपुरको निर्वाचन मैले देवी ज्ञवालीले हार्ने–जित्ने कुरालाई सामान्य रुपमा लिएको छु ।
तर, लोकतन्त्र हार्ने जित्ने कुरा सामान्य होइन । यहाँ फेरि मतदान हुन भनेको लोकतन्त्रले हार्नु हो । देवी ज्ञवालीले त फेरि निर्वाचन भयो भने पनि जित्ने निश्चित छ । देवी ज्ञवालीले जित्ने अनि लोकतन्त्रले हार्ने गरी निर्वाचन हुँदैन । यस्तो गलत नजिर बसाल्ने कुरामा आयोगले सुझवुझ पूर्ण निर्णय गर्छ भन्ने मैले ठानेको छु । अहिले ९० मत गर्न नमिल्ने भएको भन्दै पुनः मतदान गर्नुपर्छ भनेर हल्ला गरिएको छ । त्यो होइन । पुनः निर्वाचन हुँदैन ।
न्यायलयको स्वच्छतामा सरकारको छायाँ पर्यो कि ?
भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यात्ने दुई जना माओवादीका कार्यकर्ता धरौटीमा आजै धरौटीमा रिहा हुनुभएको छ । जिल्ला अदालत चितवनले जेठ १४ गते मध्यरात मतगणना भइरहेका बेला मतपत्र च्यातेको अभियोगका पक्राउ गरेका माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण सिवाकोटीलाई जनही १ लाख धरौटीमा रिहा गरेको जानकारुी मैले पनि पाएँ । म न्यायलयको विषयमा प्रवेश गर्न चाहन्न ।
तर, न्यायसेवामा सरकारको छायाँ पर्यो कि भन्ने लागेको छ । त्यस्तो नहोस् भन्ने मेरो आग्रह छ । अपराधीले पैसा तिरेर निस्कने नजिर राम्रो होइन । नियम अनुसार एक वर्ष कैद वा एक लाख जरिमान वा दुवै सजाय पाउनु पर्ने हो । किन त्यस्तो भयो ? मेरो पनि जिज्ञासा छ । म अदालतलाई चुनौती दिन चाहन्न । तर, नजिर बेठीक भयो कि भन्ने चाहिँ लागेको छ ।
उनीहरुलाई प्रहरीले मतगणनास्थलबाटै पक्राउ गरेको थियो । न्यौपाने वाइसीएलका जिल्ला अध्यक्ष हुन् भने शिवाकोटी महाधिवेशन आयोजक समिति सदस्य हुन् ।