रुपनी जि.एम, भरतपुर १७ जेष्ठ । एमाले जिल्ला कमिटी भरपुरका अध्यक्ष कृष्ण भक्त पोख्रेलले भरतपुर महानगरमा भएको घटना जनताको अभिमत माथि सरकारले गरेको बलात्कार हो भनेका छन् ।
अध्यक्ष पोख्रेलले सुनियोजित रुपमा जनताको मतलाई च्यात्न लगाएर संवैधानिक दफा र उपदफाको नियम देखाउँदै फेरी निर्वाचन गराउन खोज्नु नै खुला रुपमा भरतपुरका जनतालाई सरकारले बलात्कार गरको बताए ।
लोकतान्त्रिक प्रणालिमा सरकारको यस्तो अराजकपुर्ण व्यवहारप्रति भरतपुरबासी कुनै पनि हालतमा नझुक्ने भन्दै पुन निर्वाचनको प्रकृयालाई स्वीकार गर्न नसकिने उनले बताए । अध्यक्ष पोख्रेलले ३ दिन अघि भएको घटनाको विषयमा सरकारले अहिलेसम्म कुनै पनि निष्कर्ष निकाल्न नसेकोमा आपत्ति जनाए ।
लाईट नेपालसंगको कुराकानीमा उनले भने सरकारलाई दबाब स्वरुप हामीले धर्ना, र्याली र सभा सबै गरि सक्यौं तर त्यस्ले केही प्रभाव पार्न सकेन । सरकारलाई दबाब दनकै लागि भोलि नेकपा एमाले जिल्ला कमिटी भरतपुरले बन्दको आह्वान गरेको छ । बन्द गर्ने भनेर जिल्ला कमिटीले विज्ञप्ति पनि निकालि सकेको छ ।
बन्दको विषयमा अध्यक्ष पोख्रेलले भने, बन्द गर्र्नेे हामीले निश्चित नै गरि सकेका थियांै तर जनताले बन्द नगरि बन्दको बिकल्प खोज्न सुझाएपछि अहिले हामी जिल्ला कमिटीको सबै बैठकमा बसिरहेका छांै । उनले थपे बैठकको निष्कर्ष नआउँदासम्म बन्द निश्ति नै हो ।






