चितवन, १२ जेठ– माओवादी केन्द्र भरतपुरकी उम्मेदवार रेणु दाहालका पति अर्जुन पाठकले निर्वाचनको परिणामबारे अहिल्यै केही भन्न नसकिने बताए ।
पाठकले यद्यपि उनको जितप्रति आफू आशावादी रहेको बताए । ‘खेल मैदानमा उत्रिएपछि कि जित हुन्छ । कि हार हुन्छ’, पाठकले काठमाण्डुटुडेसँग भने, अझै आशावादी हुने ठाउँ प्रशस्तै छ ।’ १ देखि १६ र २४ देखि ३५ वडासम्मको मतगणना सकिँदा रेणु एमालेका देवी ज्ञवालीसँग १७ सय ३५ मतले पछाडि छिन् ।
‘काँग्रेसका नेताहरुले पनि आत्तिनुपर्दैन, हामीले राम्रो भोट पठाएका छौं, जिन्तुहुन्छ भनिरहनुभएको छ’, पाठकले भने, ‘अब मत गन्न बाँकी क्षेत्रमा काँग्रेसको पकड भएकाले पनि सम्भावना राम्रै छ ।’ पाठकले २४ नम्बर वडाको मतगणनामा एमालेको हिसाब नमिलेको जानकारी दिए ।
एमालेले २४ नम्बर वडाको मतगणना सकिँदा २५ सय मतान्तर हुने आंकलन गरेकामा त्यसो नभएपछि आत्तिएको दाबी गरे । ‘उनीहरु (एमाले) को २५ सय कट्यो भने जितिन्छ भन्ने टार्गेट थियो । तर, सोचेजस्तो भएन भन्ने एमालेकै नेताहरुको भनाइ सुनिएको छ’, उनले भने । अब २० हजार मत गन्न बाँकी रहेकाले आफूहरुले हरेश नखाने बताए ।