दरबार हत्याकाण्डको विषयमा फिल्म बनाउँदै सन्तोष सेन, प्रेम गीतका नायक प्रदिप खड्का बन्ने भए ‘दीपेन्द्र सरकार’


काठमाडौँ- दीपेन्द्र विर विक्रम शाहको प्रेम कथामा आधारित रहेर चलचित्र दीपेन्द्र सरकार’ बन्ने भएको छ ।

आशुषेन फिल्मस्ले आफ्नो ब्यानरमा चौथो चलचित्र ‘दीपेन्द्र सरकार’ सरकार बनाउन लागेको फिल्म निर्माता सन्तोष सेनले जानकारी दिएका छन् । उनका अनुसार दीपेन्द्रको प्रेम कथालाई नै आधार बनाएर चलचित्र बनाउन लागिएको हो।

विवेक कुमार शाहले लेखेको पुस्तक ‘मैले देखेको दरबार’मा आधारित रहेर यो चलचित्र बन्नेछ । जसका लागि निर्माताले, पुस्तकको अधिकार पनि किनिसकेका छन् ।नेपाल, बेलायत र अमेरिकामा छायांकन हुने छ भने चलचित्रका निर्देशक र अन्य कलाकार केही दिनमै सार्वजनिक गरिने बताइएको छ ।

दीपेन्द्र केही मोटा रहेकाले राजाको भेषमा पुगेका प्रदिपले चलचित्रका लागि आफू मोटाउने बताएका छन् । फिल्म राजदरबार हत्याकाण्ड भएको दिन रिलिज गरिने बताइएको छ । फिल्मको जेट ५ करोड ५० लाख रहने छ ।