
काठमाडौं, १२ जेठ । पोखरा–लेखनाथ महानगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेकपा एमालेले आफ्नो जित निश्चित गरेको छ । सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार एमालेका मानबहादुर जिसीले ५५,५५७ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसका रामजी कुँबरले ४४,४५३ मत पाएका छन् ।
यस्तै उपमेयरमा नेकपा एमालेकै मन्जु गुरुङले ५२,१८८ मत पाएकी छन्। यस्तै नेपाली कांग्रेसकी सरस्वती गुरुङले ३७,८४१ मत पाएकी छन्। अब पोखरामा दुईवटा वडाको मात्र मत गन्न बाँकी रहेको अवस्थामा एमालेको अहिललेको अग्रताले बिजय सुनिश्चित रहेकोे भन्दै एमालेका नेचा कार्यकर्ताले बिजय जुलुस निकालने तयारी गरिरहेका छन् ।
यस्तै उपमेयरमा नेकपा एमालेकै मन्जु गुरुङले ५२,१८८ मत पाएकी छन्। यस्तै नेपाली कांग्रेसकी सरस्वती गुरुङले ३७,८४१ मत पाएकी छन्। अब पोखरामा दुईवटा वडाको मात्र मत गन्न बाँकी रहेको अवस्थामा एमालेको अहिललेको अग्रताले बिजय सुनिश्चित रहेकोे भन्दै एमालेका नेचा कार्यकर्ताले बिजय जुलुस निकालने तयारी गरिरहेका छन् ।
यस्तै काठमाडौँ महानगरपालिकाको वडा नं ७, २१ र ३१ वडाध्यक्ष र सदस्यमा नेकपा (एमाले)ले कै समूह विजयी भएको छ । अन्य दुई वडाको अध्यक्ष पदमा नेपाली काँग्रेसले विजय हासिल गरे पनि सदस्य पदमा भने एमाले र काँग्रेस आएका छन् । वडा नं ६ को वडाध्यक्षमा काँग्रेसका दीपेन्द्र लामाले तीन हजार ६१५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने महिला सदस्यमा श्रीलक्ष्मी श्रेष्ठले तीन हजार ३४३, दलित महिला सदस्यमा कमला बयलकोटीले तीन हजार ३७७ मत प्राप्त गरी विजयी हुनुभएको छ । खुला सदस्यतर्फ नरेन्द्रकुमार थापाले तीन हजार ४१ र जयराम पुडासैनीले तीन हजार २८६ मत प्राप्त गर्नुभएको छ ।
वडा नं. ७ को वडाध्यक्षमा एमालेका शुद्धकुमार डङ्गोलले तीन हजार ७२४ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा निर्मला पुडासैनीले तीन हजार ७९४, दलित महिला सदस्यमा चन्द्रकला सुन्दासले तीन हजार ७६३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी खुल्ला सदस्यमा कृष्णमणि भट्टराईले तीन हजार ५७६ र कृष्णप्रसाद घिमिरेले तीन हजार २९१ मत प्राप्त गर्नुभएको छ । वडा नं. ८ को वडाध्यक्षमा नेपाली काँग्रेसका दिनेशकुमार डङ्गोलले एक हजार ६३६ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ । महिला सदस्यमा इन्दिरा भण्डारीले एक हजार ३१३ र दलित महिला सदस्यमा राजलक्ष्मी भुसालले एक हजार ३६४ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ ।
खुल्ला सदस्यमा विवेक सङ्गतले एक हजार २२६ र शेखर देउलाले एक हजार १५९ मत प्राप्त विजयी हुनुभएको छ । वडा नं. १७को वडाध्यक्षमा नेपाली काँग्रेसका नवीन मानन्धरले दुई हजार २७६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने महिला सदस्यमा कमला महर्जनले एक हजार ८०९ र दलित महिला सदस्यमा कविता दासले एक हजार ८२५ मत प्राप्त गरी विजयी हुनु भएको छ । खुला सदस्यतर्फ नेकपा (एमाले)का उम्मेदवार बाबुराजा महर्जन एक हजार ६७७ र काँग्रेसका तर्फबाट जितेन्द्र खड्कीले एक हजार ६६६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
वडा नं २१को वडाध्यक्षमा उदय चूडामणि बज्राचार्यले दुई हजार ६५७ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा ज्ञानु डङ्गोलले दुई हजार ६६७ दलित महिला रिना नेपालीले दुई हजार ७१० र खुल्ला सदस्यतर्फ न्यूक्षदेवी महर्जनले दुई हजार ४१६ र श्याम शाक्यले दुई हजार ४५० मत प्राप्त गरी विजयी हुनुभएको हो ।
वडा नं ३१को वडाध्यक्षमा एमालेका नारायणप्रसाद भण्डारीले चार हजार २९७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने महिला सदस्यमा हुमादेवी आचार्यले चार हजार २२१, दलित महिला सदस्य साननानी मिजारले चार हजार १०६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
खुल्ला सदस्यमा रमेश सत्यालले चार हजार १८१ र सरोज ढकालले चार हजार ४८८ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ ।
खुल्ला सदस्यमा रमेश सत्यालले चार हजार १८१ र सरोज ढकालले चार हजार ४८८ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ ।
कामपाको हालसम्ममा २४ वडाको मत परिणाम सार्वजनिक भइसकेकामा १३ स्थानमा एमाले र ११ स्थानमा काँग्रेस विजयी भएको छ । अब आठवटा वडाको मत परिणाम आउन बाँकी छ ।
पछिल्लो जानकारीअनुसार एक लाख ५३ हजार ३९६ मतगणना भएकामा एमालेका तर्फबाट प्रमुख पदका दाबेदार विद्यासुन्दर शाक्यले ५० हजार ६०१ र काँग्रेसका राजुराज जोशीले ३५ हजार ६७९ मत प्राप्त गर्नुभएको छ । उपप्रमुख पदका लागि काँग्रेसको तर्फबाट हरिप्रभा खड्गीले ४६ हजार ४६२, राप्रपाका राजाराम श्रेष्ठले २७ हजार ३९९ मत प्राप्त गर्नुभएको छ ।