
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुँन पनि सक्छ । निर्णायक पदमा हुँनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनु जरुरि देखिन्छ अरुको प्रभावमा परि गलत निर्णणहरु हुँन सक्छन् । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या बढ्नेछ । ईष्टमित्र तथा आफन्तहरु तपाईको घमण्डी स्वभावले टाडिन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले फितलो हुँनेछ । साथिभाई सँग अलि बढि रमाईलो गर्न खोज्दा गलत परिणम आउँन पनि सक्छ ख्याल गर्नुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) व्यापार व्यावसायमा प्रसस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुँने हुँनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुँनेछ । खानपानमा ध्यान नदिय स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । आफन्तजन तथा घर भित्रकै मानिसबाट धोका हुँन सक्छ सजक भएर काम गर्नुहोला । समयको ख्याल गरेर मात्र अगाडि बड्नु होला किनकि काममा बाधा तथा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । समाजमा प्रतिष्ठित काम गरेपनि बिपक्षहरु मान सम्मान तथा ईज्जत प्रतिष्ठामा गिराउन लागि पर्नेछन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । माया प्रेममा सामान्य मनमुटावको अवस्था सिर्जन नहोला हुँन सक्छ ध्यान दिनुहोला । आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समाचारले मन दुखित तुल्याउँनेछ भने समयमा काम नबन्नाले मान सम्मानमा कमिको महशुष हुँनेछ । अन्य काममा ब्यास्त रहनाले पढाई लेखाईमा समय दिन सकिने छैन । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढ्न सक्छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाजुभाई तथा आफन्तले तपाईको शुरु गर्नु भएको काममा सहयोग तथा समर्थन गर्ने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक सम्पति तथा भोगबिलासका सामानहरु प्राप्त हुँनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुँनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुँनेछ । अध्यनमा प्रगति हुँनेछ भने बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,ट) बिशिष्ट ब्याक्तिहरु सँग बिवाद बढ्नेछ भने आर्थिक ब्याबस्थापनका लागि चालिएका प्रयासहरु निअर्थक हनेछन् । समय,सन्द्रर्भ तथा परिस्थितिको राम्रो सँग अध्ययन गरि कुनै पनि निर्णय गर्नुहोला गलत ब्याक्तिको सल्लाह तथा सुझाब मान्दा तपाईबाट आत्मघाति निर्णयहरु हुनेछन् । आफन्तजन तथा परिवारका सदस्यहरु तपाईको ब्याबहारले टाडिन सक्छन् । बिद्या तथा प्रतिश्पर्धामा मेहनेत गरेअनुशार नतिजा निकाल्न प्रशस्त समय खर्चिनु पर्नेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा माया प्रेममा अबिश्वास बढ्नेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । प्रशासनिक काम गर्दा ध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुँनेछन् । स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु प्रभावित पर्नेछन् । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको फितलो उपश्थितिले गर्दा अरुभन्दा पछाडि परिनेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुँन सक्छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुँनेछ भने फसाउनेहरु हाबि हुँनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउँनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने सन्तोषजनक नै रहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुँनेछ भने प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुँनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ऋण लाग्ने तथा समयमा आर्थिक ब्याबस्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछ । गोप्यता भङग हुँन सक्छ ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । बादबिाद,बिद्या तथा प्रतिश्पर्धामा आजको दिन भाग नलिनु नै राम्रो रहने छ । निति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । सत्रुले दुख दिनेछन् भने न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुँने छैनन् । सिमित स्रोत तथा साधनबाट असिमित आवस्यक्ताहरु पुरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानिका स्रोतहरु साघुरा हुँनेछन् ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लगानि गर्नको लागि केहि समय कुर्नु पर्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउँन निकै मेहनेत गर्नुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्नेछ भने बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुँनेछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने पति पत्नि बिच मनमुटाब बड्न सक्छ । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहँुन सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य तथा पेट सम्बन्धि समस्या आउँन सक्छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आन्तरिक यात्राको तय हुँनेछ भने गन्तब्यमा पुग्नको लागि बिभिन्न चुनौतिहरुको पार गर्नुपर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा गरिएको लगानि बालुवामा पानि जस्तै हँुनेछ । माया प्रेममा धोका तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ । आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुँनेछ । आफन्त,छिमेकि,दाजुभाईबाट धोका तथा बिश्वासघात हुँनेछ काम गर्दा ध्यान दिनुहोला ।