मध्य रातमा भरतपुरबाट आयो पछिल्लो मतपरिणाम, रेनुलाई धक्का


भरतपुर, १२ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस–माओवादी गठबन्धन र एमालेबीच कडा टक्कर जारी छ ।

मेयर पदमा एमालेका देवी ज्ञवालीले ३३ हजार १ सय ६४ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रकी रेणु दाहालले ३१ हजार ७ सय ६५ मत प्राप्त गरेकी छन् । रेणु दाहालभन्दा एमालेका देवी ज्ञवाली १३ सय ९९ मतले अगाडि छन् ।

रेणु दाहालको मत अन्तर क्रमशः घट्दै गए पनि २४ नम्बर वडामा भने रेणुलाई धक्का लागेको छ । २४ नम्बर वडामा एमालेको प्यानलै विजयी भएको छ । एमालेका कान्छा मल्ल वडाअध्यक्षमा विजयी भएका छन् । भरतपुरको १६, २२ र २३ मा एमालेले जित्ने अनि १७ देखि २१ नम्बर वडासम्म काँग्रेसले जित्ने अनुमान गरिएको छ ।