
काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणना करिब सकिनै लाग्दा ‘विवेकशील नेपाली’ की मेयर उम्मेदवार रन्जु दर्शनाले आफ्नो हार स्वीकार गर्दै एमालेका बिध्यासुन्दर लाइ बधाई दिएकी छन् । काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा पत्रकार सम्मेलन गरी रञ्जुले शाक्यसँगै दोस्रो स्थानमा रहेका राजुराज जोशीलाई पनि बधाई दिएकी हुन् । मैले र हाम्रो टिमले काठमाडौंका महानगरबासीले दिएको मतको मुल्यांकन र सोहि मतको कदर गर्दै पहरेदारको भूमिका खेल्ने बताएकी छन् । उनले पत्रकार सम्मेलनमा भनिन, ‘यो हाम्रो हार भनेर कसैले सम्झिनुहुन्छ भने त्यो गलत हुनेछ । यो हाम्रो जित हो’ ‘यो जितले के दर्साएको छ भने अबको राजनीतिमा प्रतिस्पर्धा भनेको कुर्सीको होइन, सुशासनका लागि हुनुपर्छ ।’ बाँकि उनले पत्रकार सम्मेलनमा बोलेको भिडियो तल हेर्न सक्नु हुन्छ ।