Breaking News: एमालेमय बन्यो राजधानी, काठमाडौं महानगरको मेयरमा एमालेका बिद्यासुन्दर भारि मतले बिजयी , उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी


१४ जेठ- काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा एमाले भारी मतान्तरले विजयी भएको छ।

एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले प्रतिश्पर्धी नेपाली कांग्रेसका राजुराज जोशीभन्दा २० हजार ७ सत मातन्तरले विजयी हुँदै महानगरको मेयर भएका हुन्। यस्तै उपमेयरमा भने नेपाली कांग्रेस हरिप्रभा खड्गी विजयी भएकी छन्। यद्यपि, राजनीनिक दलका प्रतिनिधि नआएका कारण यसको औपचारिक घोषणा केही बेरमा हुने भएको छ।

आइतबार बिहान सकिएको अन्तिम मत परिणाम अनुसार शाक्यले ६८ हजार ९ सय ६१ मत प्राप्त गरी विजयी भएका हुन्  भने उनको निकतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका राजुराज जोशीले ४८ हजार एक सय ९८ मत प्राप्त गरे।