
काठमाडौं – राष्ट्रिय राजनीतिमा महत्वपूर्ण अर्थ र सन्देश दिने काठमाडौं महानगरको मतपरिणाम अन्तिम चरणतिर पुगेको छ । मूख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार सुक्रवार महानगरको अन्तिम नतिजा सार्वजनिक हुने संभावना छ ।
नेकपा एमालेका तर्फबाट मेयर पदका उमेद्वार विद्यासुन्दर शाक्यले फराकिलो मतान्तरले लिड गरिरहेका छन् । मत गन्न बाँकी वडाहरुमा एमाले बलियो नै रहेको र स्वतन्त्र उमेद्वारका रुपमा चुनाव लडेका विवेकशील नेपाली र साझा पार्टीको समेत राम्रै मत आउने आंकलनअनुसार काठमाडौं महानगरको मेयरमा शाक्यको जित लगभग सुनिश्चित भइसकेको छ ।
नहार्ने विद्यासुन्दर
नेकपा एमाले काठमाडौं जिल्ला सचिव रहेका शाक्य जीवनमा अक्सर हारेका छैनन् । राजनीतिक स्पर्धा होओस् या अन्य प्रतिस्पर्धा ।
नहार्ने विद्यासुन्दर
नेकपा एमाले काठमाडौं जिल्ला सचिव रहेका शाक्य जीवनमा अक्सर हारेका छैनन् । राजनीतिक स्पर्धा होओस् या अन्य प्रतिस्पर्धा ।
परिवारका सदस्यहरुका अनुसार विद्यासुन्दरको आचरण र शैलीका कारण पनि उनी हत्तपत्त हादैनन् । ०२० मा काठमाडौंको त्रिपुरेश्वरमा जन्मिएका विद्यासुन्दर पञ्चायतकै समयमा राजनीतिमा होमिए । बहुदल आएपछि उनी युवा संघ (तत्कालीन प्रयायु)का काठमाडौं जिल्लाका संस्थापक कोषाध्यक्ष भए । त्यही उमेरमा उनी काठमाडौं २१ नम्बर वडाका अध्यक्ष निर्वाचित भए, ०४९ मा । जुनबेला २९ वर्षका मात्रै थिए, विद्या सुन्दर ।यसपछि ०५४ को स्थानीय चुनावमा पनि फेरि वडाध्यक्षमै दोहोरिए । त्यसपछि स्थानीय चुनाव हुन सकेन । जब २० वर्षपछि स्थानीय सरकार गठनका लागि चुनाव भयो । विद्यासुन्दरले मेयर पदको टिकट एमालेबाट लिए र भारी मतान्तरले जित्ने आँकलन भइरहेको छ ।
विद्यासुन्दरको स्वभाव र इमान्दारिताकै कारण काठमाडौं उपत्यकाका धेरै गुठीहरुले समेत स्वतः समर्थनको निर्णय लिए । संघीय समाजवादी फोरम नेपालका प्रभावशाली नेता एमालेमा प्रवेश गरे । काठमाडौंका पूर्व मेयर केशब स्थापित भन्छन्, ‘विद्यासुन्दर नामजस्तै हुन्, त्यो अब कामबाट प्रमाणित हुन्छ ।’
नभन्दै, मेयर पदका आकांक्षी स्थापितले विद्यासुन्दरलाई काँधमै बोकेर हिडाए । जिताउने ठेक्का नै लिए । भने, ‘म विद्यासुन्दरको सारथी बने, उनी अर्जुन ।’ नेकपा माओवादी केन्द्रको भागमा लज्जास्पद नतिजा पार्न पनि विद्यासुन्दरकै हात रह्यो, रैथाने होस् या आयातित सबैले उनैलाई रोजे । नयाँपेज बाट