वासिंगटन । अमेरिकी नौसेनाको एक युद्धपोत चीनले दक्षिण चीन सागरमा बनाएको कृतिम द्वीपतर्फ अघि बढेको छ । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि पहिलो पटक चीनले आफ्नो स्वामित्व दाबी गर्दै आएको दक्षिण चीन सागरमा अमेरिकी युद्धपोत आएको हो । अमेरिकी सञ्चारमाध्यमले स्रोत उल्लेख नगरीकन नौवहानको स्वतन्त्रताको अभियानअनुसार युएसएस डेभी मिस्चिक टापुबाट १२ माइलभन्दा कम दुरी सम्म पुगेको जनाएका छन् । यो टापु स्पे्रटली द्वीपसमूहको हिस्सा हो ।
चीनले अमेरिकी युद्धपोत दक्षिण चीन सागर क्षेत्रमा अनुमति बिना नै प्रवेश गरेको भन्दै यसलाई तत्काल सो क्षेत्र छाड्न चेतावनी दिएको छ । अमेरिकाले भने यसले कुनै पनि अन्तर्राष्ट्रिय जन क्षेत्रमा अपरेशन गर्न सक्ने जनाएको छ । उसले यसलाई क्षेत्रीय विवादका रुपमा नलिएको तर विवादित द्वीपको नजिक सैन्य जहाज र विमान वहानको स्वतन्त्रतापूर्वक सञ्चालनका लागि पहुँच सुनिश्चित हुनुपर्ने दाबी गर्दै आएको छ ।
अमेरिकाले सामरिक क्षेत्रमा यस्ता पानीजहाजहरुको सञ्चालनमा चीनले रोक लगाएकोमा पटक पटक आलोचना र उल्लंघन गर्दै आएको छ । चीनले दक्षिण चीन सागरको अधिकांश जलक्षेत्रमा आफ्नो दावी कायम राखेको छ भने सो क्षेत्रमा केही कृतिम टापु समेत निर्माण गरेको छ । दक्षिण चीन सागरमाथि यस क्षेत्रका अन्य राष्ट्रले समेत दाबी गर्दै आएका छन् ।
चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लि क्वाङले अमेरिकाको यो कदमको कडा शब्दामा निन्दा गरेका छन् । उनले पत्रकार सम्मेलनमा भने, ‘यसले चीनको सम्प्रभुता र सुरक्षामा क्षति पु-याएको छ, यस्ता क्रियाकलापले सजिलै हवाई र सामुद्रिक दुर्घटना निम्तन सक्थ्यो ।’
चीनले यस क्षेत्रमा हुने हरेक शंकास्पद गतिविधिलाई आफ्नो सम्प्रभुतासँग जोडेर हेर्ने गरेको छ । गत वर्ष दक्षिण चीन सागरका विषयलाई लिएर यस क्षेत्रका भियतनाम, फिलिपिन्स, ताइवानलगायतका राष्ट्रबीच तनाब देखिएपनि चीन र आसियन राष्ट्रको संयुक्त प्रयासले तनाव कम भएको थियो ।
दक्षिण चीन सागरमा अमेरिका र चीनले एक अर्कालाई सैन्यिकरण गरेको आरोप लगाउँदै आएका छन् । चीन र अमेरिकाका दक्षिण चीन सागरमा जारी गतिविधिले तनाब झनै बढ्ने देखिएको छ । गत वर्ष अन्तर्राष्ट्रिय न्यायलयले फिलिपिन्सले हालेको मुद्दाको सुनुवाई गर्दै दक्षिण चीन सागरमा चीनको एकलौटी दाबीलाई खारेज गरिदिएको थियो ।
चीनले भने अन्तर्राष्ट्रिय न्यायलयको यो फैसलालाई समेत अस्वीकार गरेको थियो भने फिलिपिन्स समेत पछिल्लो समयमा चीनको एक सहयात्री राष्ट्रका रुपमा रहेको छ ।
अमेरिकाको यो गतिविधिले अमेरिका–चीन सम्बन्धमा थप नोक्सानी पुग्ने आशंका गरिएको छ । ट्रम्प प्रशासनले पछिल्लो समयमा उत्तर कोरियाको परमाणु कार्यक्रम नियन्त्रणका लागि चीनको सहयोग मागिरहेको छ । यो महिनाको सुरुमा नै अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा विकिरण पत्ता लगाउने मिशनमा रहेको अमेरिकी विमानलाई चिनियाँ लडाकु जेट विमानले रोकेको थियो । चीनले यो घटनाका बारेमा समेत केही टिप्पणी हालसम्म गरेको छैन । राजधानी दैनिकबाट