डण्डीबियो खेलको विषयमा ‘डण्डीबियो’ नाम राखेर चलचित्र बनाउने तयारीमा रहेका निर्माता तथा निर्देशक निर्मल शर्मा तनावमा छन् । नेपाल सरकारले भलिबल खेललाई ‘राष्ट्रिय खेल’को रुपमा घोषणा गरेपछि शर्माको तनाव बढेको हो ।
‘डण्डीबियो राष्ट्रिय खेल भएकाले योसँग जोडिएका रोचक प्रसंगहरु राखेर चलचित्र बनाउने तयारी उनले गरेका थिए । ‘अहिले म तनाबमा छु ।’ शर्माले भने ।
निखिल उप्रेती, राजेश हमाल लगायतका कलाकारलाई समेटेर चलचित्र बनाउने तयारीमा रहेका शर्माले क्लाइमेक्सको सुटिङ विशेष गर्ने योजना बनाएका थिए । उनको भनाई अनुसार एकहजार पाँचसय मान्छे जम्मा गर्ने र त्यही भिडमा केही कलाकारलाई ‘डण्डीबियो’ खेलाउने योजना उनको थियो ।
उनको भनाई अनुसार ‘डण्डीबियो’ राष्ट्रिय खेल भएकाले त्यसलाई प्रचार प्रसार गर्नका लागि राज्यसँग पनि केही सहयोग माग्ने योजना उनले बनाएका थिए । क्लाइमेक्स दृष्यमा च्यारीटि कार्यक्रम आयोजना गरेर धुर्मुस सुन्तली फाउण्डेशनलाई केही सहयोग समेत गर्ने योजना उनले बनाएका थिए । शर्मा भन्छन्-‘राष्ट्रिय खेल भलिबल भएपछि डण्डीवियोको प्रमोशन गर्छु भनेर कसरि भन्ने ?’
कथा लेखन गर्ने लेखकदेखि केही कलाकारलाई पारिश्रमिक समेत उनले दिइसकेका थिए । ‘अब कथा नै पुरै परिवर्तन गर्नुपर्ने भएको छ । के गर्ने के नगर्ने केही सोच्नै सकेको छैन ।’ शर्माले भने । शर्माले चलचित्र ‘डण्डीबियो’लाई महत्वकांक्षी प्रोजेक्टको रुपमा हेरेका थिए । उनले, यो चलचित्र बनाउने भनेको केही समय भैसकेको छ । तर, अब ‘राष्ट्रिय खेल’को रुपमा रहेको ‘डण्डीबियो’लाई ‘भलिबल’ले रिप्लेस गरेपछि निर्मल तनावमा छन् ।