अमित ढकाल
पहिलो चरणको स्थानीय तह चुनावको मतपरिणाम लगभग आइसकेको छ। चार महानगर र वैशाख ३१ गते विभिन्न कारणले चुनाव रोकिएका केही नगर/गाउँपालिकाको मात्र परिणाम आउन बाँकी छ। यो विश्लेषण तयार पार्दासम्म पहिलो चरणमा चुनाव भएका २८३ स्थानमध्ये २७२ स्थानको परिणाम आइसकेको छ भने बाँकी रहेका ११ स्थानमध्ये एमालेले ५, कांग्रेसले ४ स्थानमा अग्रता लिइरहेको छन्। दुई स्थानको मत गन्न बाँकी नै छ। पहिलो चरणको चुनावी मैजारो हुने बेला उठ्ने एउटा स्वाभाविक प्रश्न हो- यसपालि चुनावको मुख्य विजेता कुन पार्टी हो? पहिले, चुनावी परिणाम विश्लेषण गरौं। कांग्रेस र एमालेले अग्रता लिएका तर अन्तिम परिणाम आउन बाँकी स्थानमा उनीहरुले नै जित्नेछन् भनेर मान्ने हो भने यसपालि चुनाव भएका २८३ स्थानीय तहको नतिजा यस्तो आउनेछ- एमाले १२० स्थान, कांग्रेस १०८ र माओवादी केन्द्रले ४६ स्थान जित्ने छन्। एकभन्दा बढी स्थानमा जित हासिल गरेको कुनै चौथो पार्टी छैनन्। यस हिसाबले पहिलो चरणमा गन्नलायक तीन पार्टी भनेका कांग्रेस, एमाले र माओवादी केन्द्र मात्र हुन्। यी तीनमध्ये पनि पहिलो चरणमा विजताको हकदार कुन हो? स्थानीय तहको चुनाव २० वर्षपछि भएको हो। त्यसैले पछिल्लो स्थानीय निकायको चुनावी परिणामसँग यसपालिको परिणाम तुलना गर्ने सुविधा हामीलाई छैन। फेरि यो स्थानीय निकाय पुनर्संरचनापछिको पहिलो चुनाव हो। त्यसैले पछिल्ला चुनावसँग यसको तुलना हुन्न। विश्लेषणको एउटा आधार अहिले चुनाव सम्पन्न भएका तीन प्रदेशमा यसपालिको मत र पछिल्लो संविधानसभामा यी तीनै पार्टीले पाएको मतको तुलना हुन सक्थ्यो। तर, यी तीनै पार्टीका उम्मेद्वारले यसपालि प्राप्त गरेको सबै मतको अन्तिम तथ्यांक अहिले उपलब्ध छैन। त्यसैले, हामीले तुलना गर्न अर्को बाटो समातेका छौं- यी तीन प्रदेशमा पछिल्लो संविधानसभा चुनावमा पार्टीहरुले जितेका सिट र अहिले स्थानीय तहमा उनीहरुले जितेका मेयर/गाउँपालिका प्रमुखको संख्या तुलना। पार्टीहरुले जितेका प्रतिनिधिको संख्यामा नागरिकको मत धेरै हदसम्म प्रतिविम्बित हुन्छ। पहिलो चरणमा चुनाव भएका यी तीन प्रदेशमा पछिल्लो संविधानसभामा प्रत्यक्षतर्फ जम्मा ८४ सांसद निर्वाचित भएका थिए। तीमध्ये कांग्रेसबाट ४३ अर्थात् ५१ प्रतिशत, एमालेबाट ३१ अर्थात् ३७ प्रतिशत र माओवादी केन्द्रबाट १० अर्थात् १२ प्रतिशत सभासद निर्वाचित भएका थिए। स्थानीय चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्रले कति, कति प्रतिशत स्थानमा जित हात पारे? एमालेले यसपालि सबैभन्दा धेरै ४२ प्रतिशत स्थानमा जित हासिल गरेको छ भने कांग्रेसले ३८ प्रतिशत स्थान जितेको छ। त्यस्तै, माओवादी केन्द्रले स्थानीय तहका १६ प्रतिशत सिट जितेको छ। यस आधारमा एमालेले पछिल्लो संविधानसभाको तुलनामा स्थानीय तहमा ५ प्रतिशतले सिट बढाएको छ। माओवादीले ४ प्रतिशतले सिट बढाएको छ भने कांग्रेसले १३ प्रतिशत सिट गुमाएको छ। यसरी यो चुनावमा प्राप्त सिट संख्यालाई हेर्ने हो भने नेपाली कांग्रेस सबैभन्दा धेरै गुमाउने पार्टी बनेको छ। गत संविधानसभा निर्वाचनमा यी तीन क्षेत्रबाट ५१ प्रतिशत सिट जितेको कांग्रेस यसपालिको स्थानीय तह निर्वाचनमा ३८ प्रतिशतमा सीमित हुनु पार्टीका लागि सानो क्षति होइन। तर, यसपालिको चुनावमा अतालिएको कांग्रेस यतिको नतिजाबाट पनि सन्तुष्ट देखिएको छ। ‘पहाडमा राष्ट्रवादी नाराले, मधेसमा मधेसविरोधी नाराले यसपालि हामी बढारिन्छौं कि भन्ने ठूलो आशंका थियो, यतिको परिणाम आएपछि हामीलाई धेरै राहत भएको छ,’ कांग्रेसका एक नेताले भने। काठमाडौंमा पछिल्लो संविधानसभाको चुनावमा १० मध्ये ८ सिट जितेको कांग्रेसका मेयर अहिले जसरी निरन्तर पछाडि परेका छन् त्यो भने आगामी संसदीय चुनावका हिसावले पनि कांग्रेसका लागि चिन्ताको बिषय भएको उनले बताए। त्यसो भए यो चुनावको मुख्य विजेता को हो? स्थानीय तहमा जितेका सिट मात्रै हेर्ने हो भने पक्कै पनि एमालेलाई यो चुनाव सबैभन्दा धेरै फापेको छ। यति हुदाँहुँदै पनि पहिलो चरणको चुनावको विजेता एमाले होइन। मुख्य विजेता को हो त भन्ने प्रश्नको उत्तर गत संविधानसभाको चुनावको तुलनामा यसपालि कसले धेरै सिट जित्यो भन्ने उत्तरबाट मात्र खोज्नु गल्ती हुनेछ। यो चुनावको परिवेश, परिणामको अपेक्षा र यो चुनावले आउने दिनको राजनीतिलाई पार्ने प्रभावका आधारमा पहिलो चरणको चुनावको विजेता छान्नुपर्छ। किनकि, यसपालि स्थानीय चुनावको परिणाम दीर्घकालीन महत्वको छ। यो स्थानीय चुनावमा कांग्रेस र माओवादी केन्द्र सुरुदेखि नै रक्षात्मक अवस्थामा थिए। भारतले लगाएको नाकाबन्दी र चुनावअघिका आइजिपी काण्ड तथा प्रधानन्याधीशमाथिको महाअभियोगजस्ता घटनाले चुनावसम्म आइपुग्दा एमाले धेरै नै आत्मविश्वासी देखिन्थ्यो। मेची-महाकाली अभियानदेखि नै आक्रामक प्रचार शैली अपनाएको एमाले चुनाव परिणामका बारेमा थोरबहुत आश्वस्त देखिन्थ्यो। एमाले नेता-कार्यकर्ताका चुनावी नारामै यो आक्रामकता झल्किन्थ्यो। प्रचार प्रसारको अन्तिम पत्रकार सम्मेलनमा पार्टीका नेताहरुले कम्तिमा ६० प्रतिशत स्थानमा आफ्नो पार्टीले विजय हासिल गर्ने दाबी गरेका थिए। उनीहरुको नारा नै थियो- यसपालिको चुनावमा सात सूर्य सात छाप, कांग्रेस हाफ, माओवादी पत्तासाफ! एमाले मात्र हैन आम धारणा पनि माओवादी यसपालिको चुनावमा धेरै खस्किनेछ भन्ने थियो। यो चुनावमा ४२ प्रतिशत मात्र सिट जितेको एमाले परिणामप्रति आफैं सन्तुष्ट हुन सकेको छैन। एमाले शीर्षनेताहरुले यो असन्तुष्टि लुकाएका पनि छैनन्। जेठ ३ गते पार्टी कार्यालयमा आयोजित मदन-आश्रित स्मृति सभामा बोल्दै एमाले अध्यक्ष केपी ओलीले चुनाव परिणामप्रति आश्चर्य प्रकट गरे। ‘यति तल गिरेको कांग्रेसलाई मानिसले किन भोट दिइरहेका छन् भन्ने मैले बुझेको छैन,’ उनले भने, ‘हामीले जनताकहाँ जान नसकेको, मतदातालाई कुरा बुझाउन नसकेको देखिएको छ। हामीले झनै मिहिनेत गर्नुपर्ने देखिएको छ।’ अपेक्षाअनुरुप एमालेले जसरी पहिलो चरणमा भोट ल्याउन सकेन, त्यसको उल्टो ‘पत्ता साफ’ हुने अनुमान गरिएको माओवादी केन्द्रले सम्मानजनक मत ल्याएको छ। त्यति मात्र हैन, तेस्रो पार्टीका रुपमा नेपाली राजनीतिमा कम्तीमा अझै केही समय कायम रहने स्पष्ट सन्देश दिएको छ। अघिल्लो संविधानसभामा चौथो ठूलो पार्टी बनेको राप्रपा-नेपाल र राप्रपाबीच एकीकरणपछि उसले माओवादीलाई तेस्रो ठूलो शक्तिका लागि टक्कर दिने केहीले अनुमान गरेका थिए। राप्रपा तेस्रो शक्तिका रुपमा उदाएको भए माओवादीको अस्तित्व संकटमा पर्दै जाने थियो। अनुमानको उल्टो राप्रपाको चुनावी नारा कमजोर र लगभग प्रभावहीन हुँदै जान थालेको देखिएको छ। पहिलो चरणको चुनावमा राप्रपा एउटा गाबिसमा थन्किएको छ। माओवादी केन्द्रले भने तेस्रो ठूलो पार्टीका रुपमा आफ्नो स्थितिलाई पछिल्लो संविधानसभाको भन्दा सुधार गरेको छ। तीनै प्रदेशमा आफूले सांसद जितेका जिल्लाहरुमा माओवादीले स्थानीय तहमा जित हासिल गरेको छ। अंग्रेजीमा एउटा पदावली छ- ‘बटम आउट’। त्यसको अर्थ हुन्छ- जति तल झर्ने हो झरिसक्यो, अब माथि चढ्ने मात्र हो। माओवादी पनि ‘बटम आउट’ को चरणबाट फर्केको हो कि भन्ने संकेत यो चुनावले दिएको छ। अन्तिम निस्कर्षका लागि दोस्रो चरणको चुनाव कुरनुपर्ने हुन्छ। माओवादी केन्द्रका लागि यो चुनाव परिणामको अर्को पनि महत्व छ। माओवादीको सबै भन्दा ठूलो कमजोरी उसको संगठन हो। युद्वबाट आएको माओवादी जनताका काम गरेर संगठन बिस्तार गर्नु भन्दा डर र घम्कीमै धेरै लामो समयसम्म भर पर्यो। त्यसकारण जनताका माझ उसको संगठन बिस्तार हुन पाएको थिएन। यो चुनावमार्फत् देशभरका स्थानीय तहमा फैलिने माओवादी केन्द्रको सञ्जालले कमजोर पार्टीको संगठनलाई भरथेग मात्र गर्नेछैन, स्थायित्व पनि दिनेछ। यसको लाभ मंसिरमा हुने प्रदेश तथा केन्द्रीय निर्वाचनमा माओवादीलाई हुनेछ। प्रदेश र केन्द्रीय संसदको आगामी निर्वाचनमा फेरि पनि माओवादीनै बलियो तेस्रो पार्टीका रुपमा उदाउने स्पष्ट संकेत हो यो। नेपालको राजनीति अब गठबन्धनको चरणमा प्रवेश गरेको छ। मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एक पार्टीले संसदमा बहुमत ल्याउने सम्भावना कम्तीमा केही समयका लागि समाप्त भएको छ। त्यही तथ्यलाई ध्यानमा राखेर पार्टीहरु गठबन्धनतर्फ अग्रसर भएका छन्। यसपालि स्थानीय निर्वाचनमा गठबन्धनको रिहर्सल सुरु भइसकेको छ। एमाले र राप्रपा तथा कांग्रेस र माओवादी केन्द्रबीच सुरु भएको चुनावी तालमेल दीर्घकालसम्मको गठबन्धनका रुपमा परिणत हुने प्रचुर सम्भावना छ। भरतपुरको चुनावी आमसभामा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खुलेरै लामो समयसम्म दुई पार्टीबीच गठबन्धन गर्ने घोषणा गरिसकेका छन्। त्यो घोषणालाई अहिलेको चुनावी परिणामले सहयोग पुर्याउनेछ। आउने मंसिरमा हुने प्रदेश र संसदको चुनावमा पनि कांग्रेस-माओवादी गठबन्धन कायम रह्यो भने मधेसी पार्टीको सहयोगमा यही गठबन्धनले सरकारको नेतृत्व गर्न सक्छ भन्ने यो स्थानीय चुनावको सबैभन्दा ठूलो सन्देश हो। यो सन्देश माओवादी केन्द्रका लागि कम सुखद छैन। तेस्रो ठूलो दलमा कायम रहनेबित्तिकै माओवादी केन्द्र आगामी संसदीय चुनावपछि बन्ने सरकारको पनि ‘किङ मेकर’ हुनेछ। केही दिनअघिसम्म आउने स्थानीय र संसदीय चुनावपछि माओवादी पार्टी ‘पत्तासाफ’ हुने अड्कलबीच ‘किङ मेकर’ का रुपमा स्थापित हुनेतर्फ अघि बढ्नु माओवादीका लागि सानो उपलब्धि हैन। यो चुनावले पार्टी मात्र होइन, माओवादी केन्द्रको नेतृत्वलाई पनि नयाँ कलेवरमा स्थापित गरेको छ। ‘अस्थिर’ र ‘विश्वास गर्न नसकिने’ नेताबाट दाहालको छवि परिपक्व नेताका रुपमा बदलिँदै गएको छ। ‘संविधान कार्यान्वयन नगर्न र चुनाव टार्न भारतीय डिजाइनमा प्रधानमन्त्री बनाइएको’ एमालेको आरोप चिर्दै प्रधानमन्त्री दाहालले पहिलो चरणको चुनाव सम्पन्न गराएका छन्। दोस्रो चरणको चुनाव पनि सम्पन्न भएपछि संक्रमणकाल टुंग्याउन उनले गरेको योगदानको कसैले अवमूल्यन गर्न सक्ने छैन। चीनसँगको ‘बेल्ट एन्ड रोड’ अवधारणामा दाहाल सरकारले हस्ताक्षर गरेपछि उनीमाथि प्रमुख प्रतिपक्षी दल एमालेले लगाएको ‘लम्पसारवादी’ आरोप त्यसै कमजोर बनिसकेको छ। आगामी चुनावहरुमा प्रचारका निस्कँदा दाहालमा आफ्नो र आफ्नो पार्टीको प्रतिरक्षा गर्ने प्रचुर आत्मविश्वास भरिएको हुनेछ। त्यो आत्मविश्वास जगाउन पहिलो चरणको चुनावको सबैभन्दा ठूलो हात छ। त्यसैले, यो चरणको चुनावको मुख्य विजेता माओवादी केन्द्र हो। -सेतोपाटिबाट