काठमाडौँ – भारतको जम्मु कश्मिरमा भारतीय सेनामा कार्यरत तीन जना गोर्खा सैनिकको मृत्यु भएको छ । पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको छ ।
मृत्यु हुनेमा हवल्दार ३८ वर्षीय गिरिश गुरुङ, ४० वर्षीय हवल्दार डमर बहादुर पुन र २३ वर्षीय राइफलम्यान रबिन शर्मा रहेका छन्।भारत र पाकिस्तानको सीमा छुट्याउने लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा अपरेसनका क्रममा यी तीन नेपालीको मृत्यु भएको हो।कास्कीको नगिधर गाउँ निवासी गिरिश गुरुङले १९ वर्ष भारतीय सेनामा काम गरेका थिए। उनकी पत्नी पञ्चमाया गुरुङ र दुई सन्तान रहेका छन्।त्यसैगरी गुल्मीको काराइँग तुन गाउँ घर भएका हवल्दार डमरबहादुर पुन २१ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए। उनकी पत्नी कल्पना पुन र दुई सन्तान रहेका छन्।पर्वत जिल्लाको चुवा गाउँ घर भएका २३ वर्षीय राइफलम्यान रविन शर्माकी श्रीमती सविता शर्मा छिन्। तीनै जनाको पार्थिव शरीरलाई हिमाञ्चल प्रदेशको सुवाथुमा लगी पूर्ण सैनिक सम्मानका साथ अन्तिम संस्कार गरेको छ । अन्तिम संस्कारमा परिवारको पनि उपस्थित थिए भने अन्य उपस्थितहरुले मन थाम्न सकेनन सबैका आँखामा आशु देखिएको थियो । श्रद्धाञ्जली दिदै अन्तिम संस्कार गर्दै गरेका तस्विरहरु तल हेर्नुहोस