
तर, यो कुरा तिनीहरुको लागि बेस्वादिलो लाग्न सक्छ, जसले रुप र फिगरकै कारण ‘नेम र फेम’ पाए । मोहक अनुहार र कामुक शरीरलाई टेको बनाएर करिअरको उँचाइ नापेकाहरु ‘समयको ऐनामा’ आफूलाई कसरी नियाल्दा हुन् ?
यहाँ त्यस्ता केही अभिनेत्रीको चर्चा गरिँदै छ, जसको रुप र यौवनप्रति हिजोको समयमा जोकोही भुतुक्कै हुन्थे । तर, आज उनीहरु फेरिएका छन् । पहिले उनीहरु कस्ता थिए, अहिले कस्ता भए त ?
gauri
गौरी मल्ल
अहिले यस्ता पुस्ता पनि छन्, जसले ‘कन्यादान’ फिल्मकी आरतीलाई बिर्सन सकेका छैनन् । आरती अर्थात् गौरी मल्ल । त्यो समयमा उनको छुटै क्रेज थियो ।
आफ्नो क्रेज रहेकै बखत विदेशिएकी उनी पछिल्लो समय नेपाल फर्किइन् । ‘सिंहदरबार’ नामक टेलिशृंखलामा अभिनय पनि गरिन् । तर, अहिले उनी रजतपटबाट करिेब ओझेल भइसकेकी छिन् ।
tripti
तृप्ति नाडकर
‘कुसुमेरुमाल’, ‘लाहुरे’, ‘सम्झना’ जस्ता सुपरहिट चलचित्रकी नायिका हुन्, तृप्ति नाडकर । गुजराती र मराठी सिनेमा हुँदै नेपाली सिनेमामा भित्रिएकी भारतीय मूलकी यी नायिकाले त्यसताका ‘साइनो’ फिल्मबाट सर्वाधिक पारिश्रमिक १ लाख ५० हजार रुपैयाँ लिएकी थिइन् ।
नेपाली रजतपटमा केही फिल्म खेलेर अलग्गै परिचय बनाएकी उनी विवाह गरे लगत्तै ओझेल परिन् । तर,सिनेमाबाट विश्राम लिएको झन्डै दुई दशकपछि उनी ‘आमाको काख’ फिल्ममा देखा परिन् ।
kristi
कृष्टि मैनाली
‘के घर के डेरा’ बाट नेपाली सिनेमामा डेब्यु गरेकी हुन्, कृष्टि मैनाली (केसी) ले । त्यसपछि उनले ‘सन्तान’, ‘चिनो’, ‘लोभीपापी’, ‘युगदेखि युगसम्म’, ‘सपना’, ‘गोपीकृष्ण’ जस्ता दुई दर्जनभन्दा बढी सुपरहिट फिल्म खेलिन् ।
त्यहीताका उनको अफेयर राजेश हमालसँग चलेको पनि चर्चा थियो । तर, त्यो सम्बन्धको कुनै प्रगति देखिएन । पछि उनले बिहे गरिन् र अमेरिका भासिइन् ।
mausami
मौसमी मल्ल
एकताका लोभलाग्दो क्रेज थियो, मौसमी मल्लको । बाल कलाकारको रुपमा नेपाली रजतपटमा प्रवेश गरेकी मौसमी ‘भाग्य रेखा’ बाट नायिका बनेर देखा परिन् । तर, उनलाई स्थापित गराउने फिल्म थियो, ‘झुमा’ ।
यसपछि उनले दर्जनौं फिल्ममा अभिनय गरिन् । यसैबीच उनी विवाह गरेर विदेशिइन् । पछि नेपाल फर्किइन्,केही व्यवसाय गरिन्, फिल्म पनि बनाइन् । अहिले उनीपछिको पुस्ताले नेपाली रजतपट कब्जा गरिरहेको छ ।
bipana
विपना थापा
नेपाली सिनेमामा खास चिनारी थियो, विपना थापाको । ‘बरमाला’ ‘जन्मभूमि’, ‘देवदूत’, ‘शंकर’ जस्ता दर्जनौं चलचित्रवाट दर्शकको मन जितेकी उनले आफ्नो क्रेज कायम रहेकै बेला भारतीय नागरिकसँग विवाह गरिन् । केही समय बुटिक व्यवसायमा पनि संलग्न भइन् ।
त्यसपछि गुमनाम जस्तै रहेकी विपना गत वर्ष भूकम्प लगत्तै राहत सामग्री बोकेर नेपाल आएकी थिइन् ।
jalshah
जल शाह
‘अवतार’ बाट डेब्यु गर्दै जल शाहले ‘ठूल्दाइ’, ‘नेपाली बाबु’ ‘बादलपारि’ जस्ता सुपरहिट फिल्ममा अभिनय गरिन् । यी चुलबुले नायिका कुनै जमानामा निर्देशकको रोजाइकी नायिका थिइन् । तर, चलचित्रमा खेल्दाखेल्दै उनले देश छाडिन् । हाल उनी अमेरिकामा पारिवारिक जीवन बिताइरहेकी छिन् ।
karisma
करिष्मा मानन्धर
‘सदाबहार नायिका’ को रुपमा करिष्मा मानन्धरले लामो समय नेपाली सिनेमामा एकछत्र राज गरिन् । १४ वर्षको उमेरबाटै फिल्मी यात्रा थालेकी उनले आफ्नो जमानाका चर्चित अभिनेताहरु राजेश हमालदेखि शिव श्रेष्ठसम्म स्क्रिन सेयर गरिन् ।
पछि आफैं फिल्म निर्माणमा पनि हात हालिन् । तर, त्यसैको असफलताबाट निराश भएर अमेरिका भासिइन् । लामो समय अमेरिकी बसाइपछि नेपाल फर्किएकी उनले पुनः सिनेमा निर्माण गरिन् । तर, त्यो पनि व्यावसायिक रुपमा सफल भएन । यतिबेला उनी ‘नयाँ शक्ति’ पार्टी मार्फत राजनीतिमा होमिएकी छिन् ।
niruta
निरुता सिंह
डेब्यु फिल्म ‘दक्षिणा’ बाटै लोकप्रियता बटुलेकी थिइन्, निरुता सिंहले । त्यसपछि ‘दर्पणछाया’, ‘लहना’, ‘आफन्त’ जस्ता दर्जनौं फिल्ममा अभिनय गरेकी निरुता उमेर ढल्किएसँगै सिल्भर स्क्रिनबाट ओझेल हुँदै गइन् । ‘सानोतिनो रोलमा कमब्याक हुँदिनँ’ भन्दै अन्तर्वार्ता दिने निरुताले ‘ठूलो रोल’ पाउने सम्भावना पनि कमै छ ।
saranga
सारंगा श्रेष्ठ
कुनै जमानाका ‘हट नायिका’ थिइन्, साराङ्गा श्रेष्ठ । ‘हे संगीता’ गीतमा नाचेसँगै उनको चर्चा चुलिएको थियो । उनले ‘सारङ्गी’, ‘आगो’, ‘सिन्दूर पोते’ जस्ता फिल्ममा अभिनय गरिन् । पछि विवाह गरेपछि उनी अमेरिका भासिइन् ।melina
मेलिना मानन्धर
‘प्रियसी’, ‘जाली रुमाल’, ‘सिमाना’, ‘दाइजो’ लगायत पाँच दर्जन फिल्ममा अभिनय गरेकी मेलिना मानन्धरको चर्चा यतिबेला सेलाइसकेको छ । गृहस्थी जीवन व्यतीत गरिरहेकी उनी बीचमा टेलिसिरियल ‘करुणा’ को निर्मात्री भन्दै अभिनय समेत गरेर गृहिणी दर्शकमाझ प्रिय बनेकी थिइन् । एकाध विज्ञापनमा देखिए पनि पछिल्लो समय फिल्मी पर्दाबाटै उनी टाढै छिन् ।
jharana
झरना थापा
फिल्म ‘दाइजो’ बाट रजतपटमा पाइला टेकेकी नायिका झरना थापाले सयौं फिल्ममा अभिनय गरिन् । पछि उनले फिल्म निर्माता सुनिलकुमार थापासँग विवाह गरिन् । त्यसपछि भने उनको अभिनय रफ्तार सुस्ताउँदै गयो ।
पछिल्लो समय भने उनले आफैं फिल्म निर्देशन गर्ने र त्यसमा छोरीलाई समेत अभिनय गराउने बताएकी छिन् । अनलाइन खबर बाट