काठमाडौँ, ११ जेठ । काठमाडौँ महानगरपालिकामा अब आठ वटा वडाको मात्र मतपरिणाम आउन बाँकी रहँदा नेकपा(एमाले)को अग्रता कायमै छ । बत्तीस वडा रहेको सो महानगरमा २४ वडाको नतिजा सार्वजनिक भइसक्दा एमालेका विद्यासुन्दर शाक्यले ५२ हजार ३९० मत प्राप्त गरेका छन् । त्यसैगरी प्रमुख पदकै लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएका राजुराज जोशीले ३६ हजार ९८१ मत ल्याएका छन् । नेकपा(माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले पाँच हजार ९७८, साझा पार्टीका किशोर थापाले १४ हजार ८६१ र विवेकशील पार्टीकी रञ्जु दर्शनाले १९ हजार २५६ मत प्राप्त प्राप्त गरेका छन् ।
त्यस्तै उपप्रमुखका लागि काँग्रेसकी हरिप्रभा खड्गीले अग्रता कायम गरिराखेकी छन् । उनले हालसम्ममा ४८ हजार १०१, राप्रपाका राजाराम श्रेष्ठले २८ हजार ४२०, माओवादी केन्द्रका सुशीला पौडेलले आठ हजार ५३ र साझा पार्टीकी निरुपमा यादवले नौ हजार ४७६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।
एक लाख ७२ हजार ६८३ मत खसेकामा हालसम्ममा एक लाख ५९ हजार १७५ मत गणना भइसकेको छ । हालसम्ममा १३ वटा वडामा एमाले र ११ वडामा काँग्रेसले जित हासिल गरेका छन् । त्यस्तै पोखरा महानगरपालिकाको मेयरमा नेकपा एमालेले अग्रता लिइरहेको छ। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार एमालेका मानबहादुर जिसीले ५२०१० मत पाएका छन्। यस्तै नेपाली कांग्रेसका रामजी कुँबरले ३९८४९ मत पाएका छन्। यस्तै उपमेयरमा नेकपा एमालेकै मन्जु गुरुङले ४८९२३ मत पाएकी छन्। यस्तै नेपाली कांग्रेसकी सरस्वती गुरुङले ३७८३७ मत पाएकी छन्।