
एमालेले बैठक चल्न नदिएपछि संसद् बैठकलाई सम्बोधन गरेर राजीनामा दिने प्रधानमन्त्रीको तयारी असफल भएको छ । प्रधानमन्त्री संसद् भवनबाट प्रधानमन्त्रीनिवास बालुवाटार फर्किएका छन् । अब बालुवाटारमै सञ्चारमाध्यममार्फत राष्ट्रलाई सम्बोधन गर्दै राजीनामा दिने तयारीमा प्रधानमन्त्री पुगेको उनको सचिवालयले जनाएको छ ।
स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय र राजीनामा दिने प्रधानमन्त्रीको निर्णयप्रति असहमति जनाउँदै एमालेले संसद् बैठक चल्न नदिएको हो । हिजोको संसद् बैठक पनि यसैगरी प्रभावित भएको थियो । सहमतिका लागि प्रधानमन्त्रीले आज बिहान बालुवाटारमा बोलाएको बैठक र संसद् भवनमा सभामुखले बोलाएको बैठकमा एमाले अध्यक्ष केपी ओली नगएपछि प्रधानमन्त्री निराश देखिएका छन् ।
बिहान बालुवाटारमा र त्यसपछि संसद् भवनमा दुई घण्टाभन्दा बढी प्रधानमन्त्रीले ओलीको प्रतीक्षा गरेका थिए ।