जेठ १२ भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रमुखमा एमालेले अग्रता लिएको छ । एमालेका सोमप्रसाद मिश्र तीन हजार तीन सय ४१ मत प्राप्त गरी अग्रता लिएका छन् भने कांग्रेसका राजाराम खड्काले तीन हजार दुई सय नौ मत प्राप्त गरी पछ्याइरहेका छन् ।
केही समय अघिसम्म कांग्रेसका खड्काले अग्रता लिएका थिए । वडा नं. ४ को मतगणनामा मिश्र अघि लागेका हुन् । त्यस्तै, राप्रपाका रविन्द्रप्रताप शाहले एक हजार तीन सय ६४ मत प्राप्त गरेका छन् भने नेमकिपाका न्हुच्छेभक्त भोँजुले एक हजार तीन सय ४८ मत ल्याएका छन्
त्यस्तै, उपप्रमुखमा भने कांग्रेसकी राधा कार्कीले अग्रता कायमै राखेकी छन् । कार्कीले हालसम्म तीन हजार छ सय ६६ मत प्राप्त गरेकी छिन् भने एमालेकी डिना बास्तोलाले तीन हजार तीन सय ९५ मत प्राप्त गरेकी छिन् ।
राप्रपाकी यवती कार्कीले एक हजार दुई सय २० मत प्राप्त गरेकी छिन् भने नेमकिपाकी गीता काफ्लेले नौ सय ६४ मत प्राप्त गरेकी छिन्।